नेपालमा व्यवसाय विस्तार गर्दै ‘किड्जी’
भारतमा बजार विस्तार गरिरहेको किड्जीले नेपालमा पनि व्यवसाय बढाउँदै लगेको छ । प्रि-स्कुल (प्रारम्भिक हेरचाह र शिक्षा केन्द्र)का रूपमा स्थापना भएको किड्जीले नेपालमा व्यवसाय बढाउँदै लगेको हो ।
किड्जीले भारतका ७५० भन्दा बढी शहरमा व्यवसाय विस्तार गरिसकेको छ भने नेपालका ४ शहरमा पनि विस्तार भएको छ । कम्पनीले बाल विकासको नेतृत्व गर्न प्रतिबद्ध रहेको र प्रत्येक बालबालिकामा रहेको अद्वितीय क्षमताको पोषणमा केन्द्रित रहेको जनाएको छ ।
वर्षौंको समर्पित अनुसन्धानपछि किड्जीले बाल विकास र शिक्षा क्षेत्रमा आफ्नै मापदण्ड स्थापित गरेको जनाएको छ । भारतको विश्वविद्यालयले प्रमाणित गरेको पूर्वस्कुल पाठ्यक्रमको स्वामित्व समेत रहेको जानकारी दिएको छ ।
किड्जीले नेपालमा सन् २०२२ मा दुई नयाँ सेवा सञ्चालन गर्दैछ । लर्न विथ किड्जी नारासहित सेवा विस्तार गरिरहेको कम्पनीले काठमाडौंको मैतीदेवी, कलंकी, बौद्ध, बानेश्वर, सानेपा, सातदोबाटोमा सेवा सञ्चालन गरिरहेको छ । यस्तै विराटनगर, धरान र चितवनमा समेत किड्जीले सेवा सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’