सेल्सवेरीको ‘मेड इन नेपाल’ अभियान समापन
मङ्गलबार, ०१ चैत २०७८, १७ : १०
सेलवेज ग्रुप अन्तर्गतको सेल्सवेरी र सेलवेज डिपार्टमेन्टल स्टोर्सले गरेको ‘मेड इन नेपाल’ अभियान समापन भएको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै विदेशी उत्पादन तथा बजारसँग प्रतिस्पर्धा गर्ने अभिप्रायले यो अभियान संञ्चालनमा ल्याइएको हो । यो दुई महिने अभियान फागुन ३० गते समापन भएको छ ।
यस अभियानबाट नेपाली उत्पादक तथा उपभोक्तामा सकरात्मक सन्देश प्रवाह गर्दै स्वदेशी वस्तुप्रति आकर्षण गर्न सकिएको कम्पनीले जनाएको छ । नेपालले पछिल्लो समय भोग्दै आएको व्यापार घाटा कम गर्ने उद्देश्यले स्वदेशी उत्पादनको उपयोग तथा बिक्री वितरणलाई प्रभावकारी बनाउन सकिएकोमा आफ्नो अभियानले व्यापार सन्तुलनमा राम्रो भुमिका खेलेको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी