बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

युक्रेनमा रुसको हमला जारी, कस्तो छ ताजा हाल ?

मङ्गलबार, ०१ चैत २०७८, १६ : ३१
मङ्गलबार, ०१ चैत २०७८

युक्रेनमाथि रुसको हमलाको आज २० औँ दिन हो । दुई देश बीचको संघर्षमा स्थिति यतिबेला यस्तो छ :

– युक्रेनको राजधानी किभमाथि रुसी बमबारी जारी छ । यो बमबारीमा एक आवासीय भवन पनि हमलामा पर्यो । युक्रेनको आपतकालीन सेवाका अनुसार भवनमा लागेको आगोमाथि नियन्त्रण पाइएको छ ।

– किभको मेट्रो स्टेशन पनि हमलाको चपेटामा आइसकेको छ । किभको मेट्रो नेटवर्कले ट्वीट गरेर बिहानको बिस्फोटमा लुक्यानिव्स्का स्टेशन र कार्यालयका केही हिस्सामा भारी क्षती पुगेको बताएको छ । लुक्यानिव्स्का स्टेशन किभको केन्द्र नजिकै छ र क्षतीका कारण स्टेशनलाई अब बन्द गरिएको छ ।

– युक्रेनको क्षेत्रीय राज्य प्रशासनका अनुसार स्थानीय समय अनुसार बिहान ९ बजेदेखि राती ९ बजेसम्म सुमीको उत्तर–पूर्वी इलाकामा मानवीय करिडोर बनाउने योजना छ ।

– युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीका अनुसार रुस र युक्रेनबीच कुराकानी आज पनि जारी रहनेछ ।

– युक्रेनका राष्ट्रपतिका सल्लाहकारले युद्ध मे महिनाको सुरुवातमा अन्त्य हुने आँकलन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप