शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

युक्रनेमा आक्रमणपछि आकासियो पोटासियम आयोडाइड पिल्सको माग

मङ्गलबार, ०१ चैत २०७८, १६ : ००
मङ्गलबार, ०१ चैत २०७८

युक्रेनमाथि रुसले आक्रमण गरिएसँगै रेडियोधर्मी चुहावट हुने भन्दै पोटासियम आयोडाइड पिल्सको मागमा वृद्धि भएको छ । रेडियोधर्मी आयोडाइन वातावरणमा मिल्ने र फोक्सोमा जानुका साथै पानी, माटो र बोट बिरुवा संक्रमित हुने तथा जनावरलाई समेत प्रभाव पार्ने सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको हो ।

पोटासियम आयोडाइड हानिकारक नभएपनि मानव शरीरका लागि आवश्यक भएको सीडीसीले जनाएको छ । तर रेडियोधर्मी आयोडाइडले थाइराइडलाई हानी पु¥याउने गरेको छ  । थाइराइडले मानिसको शरीरलाई नियमन गर्दछ । रेडियसन देखिएमा थाइराइड ग्लान्डले नियमित आयोडाइन र रेडियो आयोडाइनबीचको भिन्नतालाई छुट्याउन नसक्ने भएकाले दुवैलाई सोस्ने बताइएको छ ।  

पोटासियम आयोडाइनलाई तरल वा पिलको रुपमा प्रयोग गरेमा  थाइराईड ग्ल्यान्ड पूर्ण हुने भएकाले रेडयोधर्मी आयोडाइन सोस्नबाट रोक्ने जनाएको छ । 

मूल्य बढ्न थाल्यो
अमेरिकाको पोटासियम आयोडाइनको ठूलो उत्पादकले पछिल्ला साताहरुमा आफ्नो मौज्दातमा गिरावट आएको जनाएको छ ।  गिरावट रुसले युक्रेनमाथि आक्रमण गरेको समयमा आएको छ ।  पोटासियम आयोडाइनको बजारमा आपूर्ति कम भएसँगै मूल्य पनि बढ्ने निश्चित देखिएको छ ।

सोमबार इबेमा थाइरोसेफ पोटासियम आयोडाइड ट्याबलेटकोको मूल्य १३२.५० डलर कायम भएको थियो । आयोस्याट १३० एमजी पिलको एक बाकस पनि ८९.९५ डलर कायम भएको छ । यो ट्याबलेट एनबेक्सले उत्पादन गरेको हो र उत्पादकको वेबसाइटमा १३.९९ डलर बिक्री मूल्य राखिएको छ ।

तर महत्वपूर्ण आयोडाइड पिल्स पूर्ण उपचारको औषधी नभएको र यसले विकिरण आयोडाइनको विरुद्धमा सत प्रतिशत सुरक्षा पनि प्रदान गर्न नसक्ने जनाएको छ । एक डोजले थाइराइड ग्ल्यान्डलाई २४ घण्टाका लागि मात्रै सुरक्षित गर्न सक्ने चेतावनी सीडीसीले दिएको छ । 

सीडीसीले सिफारिस गरिएभन्दा बढी सेवन गरेमा कठोर किसिमको बिरामी वा मृत्युसमेत हुन सक्ने चेतावनी दिएको छ । सीडीसीले पोटासियमा आयोडाइड पिल्सले थाइराइडको सुरक्षा गर्ने र केही निश्चित उमेर समूहका लागि उपयोगी हुने जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप