अमेरिका–चीनबीच ७ घण्टा लामो वार्ता

अमेरिका र चीनबीच द्विपक्षीय वार्ता भएको छ । दुई देशका अधिकारीहरूले सोमबार युक्रेन र रुसको युद्धका विषयमा ७ घण्टा लामो छलफल गरेका हुन् । विश्वका दुई ठूला देशबीचको वार्ता रोममा भएको थियो ।
परिचय खुलाउन नमानेका अधिकारीले बाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका वरिष्ठ कुटनीतिज्ञ याङ जिचीलाई बेइजिङले रुसलाई सहयोग गर्न सक्ने विषयप्रति चासो व्यक्त गरेका थिए । चीनले रुसलाई सहयोग गरेमा विश्वव्यापी प्रतिबन्धको सामना गर्न सक्नुपर्ने सुलिभानले वार्तामा बताएका छन् ।
‘सामान्य रुपमा म के भन्न चाहन्छु भने हामी रुससँग चीनको साठगाठप्रति गहन चिन्तित छौ,’ ती अधिकारीले बताए । मस्कोले युक्रेनमा आफ्नो युद्धका लागि चीनसँग सैन्य उपकरणको अनुरोध गरेको समाचार बाहिरिएकै समयमा सुलिभानको यो भ्रमण भएको हो । रुस–युक्रेन युद्ध तेस्रो सातामा प्रवेश गरिसकेको छ ।
‘उक्त बैठक केही समयका लागि मात्रै तय गरिएको थियो,’ ती अधिकारीले बताए । मस्कोले सैन्य उपकरण तथा युक्रेनी युद्धमा अन्य सहयोगका लागि अनुरोध गरिएको विषय चीनले बारम्बार अस्वीकार गर्दै आएको छ । रुसले चीनबाट सैन्य उपकरण मागेको विषय क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पनि गलत भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै
-
हिजो आफन्तको जिम्मा लगाइएकी युट्युबर गंगा लामालाई आज फेरि साइबरमा उपस्थित गराइने
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनमा नेविसंघको प्यानलै विजयी
-
आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
-
मौसम पूर्वानुमान : छैन वर्षाको सम्भावना, तापक्रम बढ्दै जाने
-
नारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल