हेटौंडामा अन्तर्राष्ट्रिय गणित दिवस मनाइयो

बागमती प्रदेशको राजधानी हेटौंडामा अन्तर्राष्ट्रिय गणित तथा पाई दिवस मनाइएको छ । मार्च १४ मा वैज्ञानिक अल्बर्ट आइन्सटाइनको जन्मदिनको अवसर पारेर सो दिवस मनाइएको हो । गणित विषयमा विद्यार्थीको अभिरुचि जगाउने र उनीहरुलाई गणित विषय अध्ययनको लागि प्रेरित गर्ने उद्देश्यका साथ नारायणी कलेज तथा तुलसीमेहर माध्यमिक विद्यालयले कार्यक्रमको आयोजना गरेको थियो ।
हेटौंडामा उक्त कार्यक्रम विल्कुलै नयाँ भएको भन्दै बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रशंसा गरिन् । उनले नेपालमा यस प्रकारको दिवस औपचारिक रुपमा नमनाइएकोले यस दिवसको महत्वका बारेमा सबैलाई बुझाउन जरुरी रहेको बताइन् । प्रदेश सरकारले यस दिवसलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै शिक्षा क्षेत्रको विकासका लागि सामाजिक विकास मन्त्रालय आवश्यक सहयोग÷सहकार्य गर्न सदैव तयार रहेको पनि उनले उल्लेख गरिन् ।
विद्यालयका प्राचार्य रघुनाथ खरालले यस प्रकारको कार्यक्रम नेपालमा नै पहिलो पटक भएको दावी गरे । म्याथ फर क्रिएटिभिटी भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा करिब १ हजार ६ सयको संख्यामा उपस्थित विद्यार्थीहरुले वृत्ताकार घेराभित्र म्याथ फर क्रिएटिभिटी लेखिएको आकार निर्माण गरी प्रदर्शन गरेका थिए ।
यस्ता कार्यक्रमहरुले विद्यार्थीको मस्तिष्कको उचित व्यायाम हुने र विद्यार्थीको सिर्जनशीलता बढ्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?
-
साहित्यकार निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने
-
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन