बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

साउदी विदेशमन्त्रीले गरे राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट

मङ्गलबार, ०१ चैत २०७८, १५ : ३२
मङ्गलबार, ०१ चैत २०७८

नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

उनले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए ।  ‘सो अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासेका विषयमा छलफल भयो,’ भेटपछि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

राष्ट्रपतिलाई भेटिसकेपछि उनले प्रधानमन्त्री देउवासँग भेट गरेका थिए । प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ । 

नेपालको दुई दिने भ्रमणको सिलसिलामा साउदी विदेशमन्त्री साउद सोमबार काठमाडौं आइपुगेका थिए । उनी मंगलबार विहान नेपाल–साउदी उच्चस्तरीय द्विपक्षीय बैठकमा सहभागी भएका थिए । उनी मंगलबार स्वदेश फर्कने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप