बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

डीआरको नम्रतासँग ‘जुनी जुनी’ जिउने बाचा

मङ्गलबार, ०१ चैत २०७८, १५ : १५
मङ्गलबार, ०१ चैत २०७८

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जुनी जुनी’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतमा संगीत तथा स्वर समेत उपाध्याय आफैले दिएका छन्, भने उनलाई अनु चौधरीले युगल गायनमा साथ दिएकी छन् ।

रोमान्टिक प्रेमकथा व्यक्त गर्ने गीतको भिडियोमा पनि प्रेमकथा देखाउन खोजिएको छ । भिडियोमा गीतकार उपाध्याय र मोडल नम्रता अर्याल प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । १४ तालहरूमा छायांकन भएको भिडियो गीतकार उपाध्याय आफैले निर्देशन गरेका हुन् ।

भिडियोमा उत्सव दाहालको छायांकन र साहिल लम्सालको सम्पादन छ । डीआर म्युजिक क्रियशनले आफ्नो युट्युवमार्फत गीत बाहिर ल्याएको हो । अहिलेसम्म ८० विश्व रेकर्ड बनाएका उपाध्याय १०८ रेकर्ड पु¥याउने कोसिसमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप