‘एमाले कुडाकर्कट जम्मा गर्ने ‘डस्टबिन’ होइन’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुडा कर्कट जम्मा गर्ने डस्टबिन नभएको बताएका छन् । मंगलबार अनेमसंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल र झलनाथ खनाललगायतलाई कुडा कर्कटको संज्ञा दिँदै त्यस्ता मान्छेहरूलाई पुनः पार्टीमा भित्र्याउने पक्षमा एमाले नरहेको बताए । उनले नेपाल र खनालहरूको नामै नलिइ कुडा कर्कटको संज्ञा दिएका हुन् ।
‘कुडाकर्कट जम्मा गर्ने डस्टबिन होइन एमाले । सुन्दर भविष्यतर्फ उन्मुख कार्यकर्ताको पार्टी हो । मरिच चाउरिएझै चाउरिनेहरुको पार्टी होइन’ओलीको भनाइ छ । उनले कम्युनिस्ट एकता गर्नुपर्छ भन्ने एमालेभित्रकै आवाजप्रति लक्षित गर्दै उनले नेपाल र खनाललाई एमालेमा भित्रयाउने कुरा डेट एक्सफायर औषधी खाएर विरामी पर्नु जस्तो मात्रै हुने बताए ।
‘आउटडेटेड औषधी खाएर स्वास्थ्य विगार्नु हुँदैन । कोही पनि नभएका, सबैले छोडेका मान्छे ल्याएर आसन ग्रहण गराएर केही हुँदैन’, ओलीले नयाँ र फ्रेस मानिसहरु एमालेप्रति आकर्षित भइरहेका भन्दै तराईबाट बस चढेर काठमाडौंमा आउने क्रम बढिरहेको बताए । उनले वर्तमान सरकारले पुस्तकमा चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेको भन्दै त्यहीबाट हैसियत थाहा भएको बताए ।
‘प्रधानमन्त्रीको तर्फबाट छापिएको पुस्तकमा, आफैले पास गरेको चुच्चे नक्सा सर्वसम्मतिले । तर त्यो नक्सा फेरबदल गरेर किताब छाप्नुभयो । उहाँहरुको मनसाय के हो ? यस्तो सरकार फेर्नै पर्छ’, ओलीको भनाइ छ । उनले यस्तो सरकार जनादेशबाट एमालेले बदल्ने दावी समेत गरे । उनले ५ दल मात्रै नभएर १० दल लागेपनि एमालेलाई कुनै फरक नपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य