बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

मङ्गलबार, ०१ चैत २०७८, १३ : ३२
मङ्गलबार, ०१ चैत २०७८

काठमाडौंसहित विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको थापाथलीस्थित सन्यासी अखडाको टहरामा नुवाकोट त्रिशुली घर बताउने करिब ८५ वर्षीय शिवराम गिरी मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी काठमाडौंकै बालाजु माछापोखरीस्थित चौरमा हाल सनाखत नभएका करिब ३२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । यसैगरी खोटाङको दिप्रुङचुईचुम्मा गाउँपालिका-६ दिउँ बस्ने ३८ वर्षीय सन्तोष भन्ने जसधन तामाङ सोही गाउँपालिका-५ स्थित खोष्टुङ खोलाको छिपछिप पानीमा मृत अवस्थामा फेला परेका छन् । फागुन २६ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो । 

यसैगरी जाजरकोटको भेरी नगरपालिका-३ ठाँटीस्थित जयकृष्ण पोल्टी सप्लायर्समा काम गर्ने भेरी नगरपालिका-१ कालेगाउँ बस्ने २७ वर्षीय भीम बहादुर बुढाथोकी सोही ठाउँस्थित बाटोको छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।     
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप