नर्भिक नर्सिङ कलेजका ९० प्रतिशत विद्यार्थीले ल्याए विशिष्ट श्रेणी

नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसनमा अध्ययनरत २०१७ बिएसी नर्सिङ ब्याचका ९० प्रतिशत विद्यार्थीले विशिष्ठ श्रेणीमा कोर्ष पूरा गरेका छन्‌ । नवौं ब्याचका ३० विद्यार्थीले निकै राम्रो नतिजासहित बिएससी नर्सिङको कोर्स पूरा गरेका नर्भिक इन्स्टिच्युटले जानकारी दिएको हो ।
३० मध्ये २७ विद्यार्थीले विशिष्ट श्रेणी तथा बाँकी ३ जनाले पहिलो श्रेणीको अंकसहित ऐतिहासिक सफलता हात पारेका हुन् । यो ब्याचका ९० प्रतिशत विद्यार्थी विशिष्ट श्रेणीसहित उत्तीर्ण हुनु उत्साहको विषय रहेको नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसनका प्रमुख कार्यकारी अधिकृत कुलानन्द(केएन) शर्माले बताए ।।
‘कोभिड महामारीका बेला चुनौती बाबजुद पनि हाम्रा विद्यार्थीहरूले गरेको मेहनतको नतिजा उत्साहपूर्ण आउँदा हामी खुशी छौं,’ उनले भने, ‘कुल विद्यार्थीमध्ये ९० प्रतिशतले विशिष्ट श्रेणीमा कोर्स उत्तीर्ण गरेर हाम्रा मेहनती विद्यार्थीहरूले रेकर्ड बनाएका छन् ।’
नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसनमा विगत लामो समयदेखि बिएससी नर्सिङ, बिएन नर्सिङ र पिसीएल नर्सिङका कोर्सहरू संचालन हुँदै आएका छन् । बिएससी नर्सिङ र बिएन नर्सिङको कोर्स पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यताप्राप्त हुन् भने प्रवीणता प्रमाणपत्र तह(पीसीएल) नर्सिङ चाहि सिटीइभिटीबाट मान्यताप्राप्त कोर्स हो । विज्ञान विषय लिएर प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीहरूले यो कोर्स पढ्न पाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको पहलगाममा भएको घटनाप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त
-
तस्बिरमा हेर्नुहोस् एनएसएल विजेता ललितपुरको खुसियाली
-
पोखरालाई हराउँदै ललितपुर लगातार दोस्रो पटक एनएसएल च्याम्पियन
-
भक्तपुरमा पहिलोपटक राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने
-
‘छोरीले साहित्यिक कृति पढ्नुलाई ठुलै पापजस्तो ठानिन्थ्यो’
-
सुरक्षा