राजनीतिक दललाई दीपकराजको चुनौती : सपुतको गीतको कथा कुन पार्टीमा छैन ?
![राजनीतिक दललाई दीपकराजको चुनौती : सपुतको गीतको कथा कुन पार्टीमा छैन ?](https://rpcdn.ratopati.com/media/albums/Deepakraj-Giri--_PhYeWaghfA.jpg)
गायक प्रकाश सपुतको गीत विवादमा कलाकार दीपकराज गिरीले मुख खोलेका छन् । उनले गीत आफुलाई मन परेको बताउदै गीत बन्द गर्न दवाव दिनु गलत भएको धारणा राखेका छन् । दीपकले सामाजिक सञ्जालमार्फत गीतले आफ्नो मन छोएको र धेरैको मन छाएको हुनुपर्ने बताए । ‘केही मानिस मौका यही हो भनेर माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको पनि देखे’ उनले भने, ‘कुन चाँहि पार्टीमा केही मानिसको रजाई र केही मानिसको हरि बिजोक छैन ?’
कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो अवस्था छैन भनेर ठोकुवा गर्न सक्छ ? भन्दै प्रश्न गरेका दीपक अगाडि लेख्छन् ‘ उसैको विचारबाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने, अनि सत्तोसराप पनि उसैलाई गर्ने ?’
गायक सपुतले गीत ‘पीर’ मा दशबर्षे सशस्त्र द्वन्द्वका परिणामको केही हिस्सा समेटेर ल्याएपछि विवादमा परेको हो । गीतमा सपुतलाई स्वरमा साथ सम्झना भण्डारीले दिएकी छन् । प्रकाशकै गायन, लेखन, संगीत, परिकल्पना र निर्देशन रहेको गीत लिएर अहिले सामाजिक सञ्जालमा ठिक र बेठिकका अनेक बहस भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ