चितवनमा आजदेखि काँग्रेसको घर–घर जाऔँ अभियान सुरु
नेपाली कांग्रेस चितवन जिल्ला शाखाले आजदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको छ । जिल्लामा रहेका तीनवटै सङ्घीय निर्वाचन क्षेत्रमा आज औपचारिक कार्यक्रम गरी अभियान सुरु गर्न लागिएको हो । स्थानीय तहको निर्वाचन नजिकिएसँगै अभियान सुरु गरिएको सचिव ध्रुवराज पोखरेलले जानकारी दिए । उनले भने, ‘निर्वाचनसँगै समाजमा एमसीसीबारेको भ्रम चिर्नका लागि अभियान सुरु गरिएको हो ।’ चितवन क्षेत्र नम्बर १ मा क्षेत्रीय पार्टी कार्यालय पर्सा–२ मा काँग्रेस जिल्ला पार्टी कार्यालय र क्षेत्र नं ३ को गीतानगरस्थित होटल रोयल ब्याङ्क्वेटबाट अभियान शुभारम्भ गरिँदैछ ।
उनका अनुसार क्षेत्र नम्बर १ मा सचिव सूर्य अर्याल र सहसचिव दिनेश अधिकारी, क्षेत्र नम्बर २ मा उपसभापति शालिग्राम शर्मा र सचिव ध्रुवराज पोख्रेल र क्षेत्र नम्बर ३ मा उपसभापति राजीव न्यौपाने र सहसचिव गोपाल दराईलाई जिल्ला प्रतिनिधिको रुपमा खटाइएको छ ।
क्षेत्रको कार्यक्रमका लागि केन्द्रबाट खटिएका केन्द्रीय प्रतिनिधि अब्दुल सतार उपस्थित भई अभियानका बारेमा जानकारी गराउनेछन् । अभियानमा प्रत्येक निर्वाचन क्षेत्रमा जिल्ला कार्यसमितिका दुई प्रतिनिधिसहित काँग्रेस नेता तथा कार्यकर्ता परिचालन गरिएको पोखरेलले जानकारी दिए । उनका अनुसार हरेक टोल, वडा तहमा ती नेता एवम् कार्यकर्ता पुगेर सर्वसाधारणलाई एमसिसीका विषयमा भएको भ्रम चिर्ने र काँग्रेसका उम्मेदवारलाई मतदान गर्न प्रेरित गर्नेछन् ।
फागुन २९ गतेदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म सञ्चालन गरिनेछ । अभियानका क्रममा क्षेत्र, प्रदेश र वडास्तरमा जागरणका कार्यक्रम सञ्चालन गरिने र टोलटोलमा नेपाली काँग्रेसको टोल कार्यसमिति गठन गरी पार्टी सङ्गठनलाई जनस्तरसम्म पु¥याइने छ । चितवनमा पार्टीको १४ औँ महाधिवेशनका क्रममा २८ हजार क्रियाशील सदस्य पुगेका र अभियानका क्रममा तिनलाई समेत परिचालन गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार