शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रसुवामा आठ मेगावाटको जलविद्युत आयोजना बन्दै

मङ्गलबार, ०१ चैत २०७८, १२ : २१
मङ्गलबार, ०१ चैत २०७८

रसुवामा आठ मेगावाटको त्रिशूली खोला साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । गोसाइँकुण्ड गाउँपालिकामा आठ मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको हो । हाइड्रो कन्सर्न प्रालिले सदरमुकाम धुन्चेस्थित मिनी गोसाइँकुण्डमा जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।

आयोजनाको संरचना त्रिशूली नदीको बायाँतर्फ रहने छ । निकुञ्जको कोर क्षेत्रभित्र आयोजना निर्माण सकिने तर ५० प्रतिशत पानी छोड्नुपर्ने प्रावधान छ । यही प्रावधानअनुसार आयोजना निर्माण गर्न लागिएको कन्सर्नका प्रमुख हेमजंग गुरुङले बताए । निर्माण सुरु भएको ३० महिनामा उत्पादन सुरु हुने गरी काम गरिने उनले बताए । 

२०७५ भदौमा अध्ययनको अनुमति पाएको संस्थाले प्रारम्भिक अध्ययनको काम सम्पन्न गरेको जनाएको छ । प्रतिवेदनअनुसार प्रतिमेगावाट उत्पादन लागत १८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए ।  लाङटाङ राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा आयोजना निर्माण हुने बताइएको छ ।

आयोजनाको अस्थायी तथा स्थायी संरचना निर्माणका लागि ४.१ हेक्टर जग्गा आवश्यक पर्ने उनले बताए । जसमध्ये १.५ हेक्टर स्थायी र २.६ हेक्टर अस्थायी रूपमा प्रयोग हुने छ । प्रस्तावित आयोजनाका अनुसार वार्षिक ४७.३५८ गिगावट विद्युत् उत्पादन हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप