शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा श्रेष्ठ निर्वाचित

मङ्गलबार, ०१ चैत २०७८, १२ : ०८
मङ्गलबार, ०१ चैत २०७८

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ निर्वाचित भएका छन् । हिजो सोमबार अबेर सम्पन्न मतदानबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित बनेका हुन् । संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित हुँदा उपाध्यक्षमा राजेन्द्र ओली, शिरष पन्त, सुमन श्रेष्ठ र चिरञ्जिवी सुवेदी निर्वाचित बनेका छन् । 

२५ सदस्यीय कार्यसमितिमा यसअघि नै १३ जना सर्वसम्मत बनेका थिए । कार्यसमितिमा बाँकी १२ जनाका लागि निर्वाचन भएको थियो । संघको वस्तुगत सदस्यहरूमा गुणराज पौडेल, जनक पौडेल, रविन्द्रकुमार श्रेष्ठ, सन्तोष भुसाल विजयी भएका छन् भने वाणिज्यतर्फ थिरप्रसाद धिताल, दीपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया, ज्ञानुप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।

निर्वाचनअघि नै संघको कार्यसमितिमा पूर्णिमा श्रेष्ठ, रेशमलाल आचार्य, जीवनकुमार श्रेष्ठ, रजनी मास्के तथा अशोक अधिकारी, इमान्दु बराल, कृष्णप्रसाद रिजाल, रुद्र सुवेदी, लीलाबहादुर श्रेत्री र योगिता श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप