शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इनामको नाममा कतै बच्चालाई घुस त दिइरहनुभएको छैन ? उपहार दिनुअघि पक्कै थाहा पाउनुस् यस्ता कुरा

मङ्गलबार, ०१ चैत २०७८, ११ : १८
मङ्गलबार, ०१ चैत २०७८

बच्चालाई स्कूलको नतिजाको प्रतीक्षा छ । ए ग्रेड आउने बित्तिकै आमा–बुवाबाट आफूलाई मनपरेको उपहार पाइनेछ । रिजल्ट होस् वा अन्य कारण बच्चालाई रिवार्ड (इनाम) दिनु कति सही वा गलत ?

इनाम दिनुअघि यसबारे थाहा पाउनुहोस्ः

यूएसको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको एक रिपोर्ट अनुसार बच्चालाई दिइने इनामले उनीहरुलाई राम्रो कामका लागि प्रेरित गर्छ, उनीहरुको आत्मसम्मानलाई बढाउँछ, बच्चा र अभिभावकको सम्बन्धलाई बलियो बनाउँछ । यस्ता इनामलाई दुई भागमा बाँडिएको छ –आर्थिक इनाम र सामाजिक इनाम । जब इनाम दिनका लागि पैसा खर्च गर्नुपर्छ तब त्यसलाई आर्थिक इनाम भनिन्छ जस्तै चकलेट, खेलौना, फोन, ट्याबलेट । सामाजिक इनाममा बच्चलाई अँगालो हाल्नु, हाई फाइभ दिनु, उनीहरुको पिठ्यूँमा धाप मार्नु आदि समावेश छन् ।

बच्चाको उत्कृष्ट कामलाई शब्दमा तारिफल गर्नु जस्तै स्याबास, उत्कृष्ट, मलाई तिमीबाट यस्तै आशा थियो । सोसल रिवार्डमा आफ्नो कामलाई छोडेर बच्चाको कुरा सुन्नु, उनीहरुलाई अम्युजमेन्ट पार्क वा चिडियाखाना लिएर जानु पनि समावेश हुन्छन् । पिडियाट्रिक साइकोलोजिस्ट एमिली मुडका अनुसार रिवार्डले बच्चालाई उत्प्रेरित गर्दछ ।

इनाम कहिले घुस बन्छ ?

बच्चालाई मन नपर्ने कुनै काम गराउनका लागि जब अभिभावकले वस्तु वा पैसाको सहारा लिनुपर्यो भने यो इनाम होइन घुस मानिन्छ । जस्तै होमवर्क गर्न नमान्ने बच्चालाई पैसा, चकलेट र खेलौना दिनुपर्यो भने यो इनाम होइन घुस हुनेछ ।

भारतकी चाइल्ड साइकोलोजिस्ट डा. प्रियंका श्रीवास्तवका अनुसार कहिलेकाँही इनामले घुस र मानसिक समस्याको रुप लिने गर्दछ । हरेक पटक मार्क्स र ग्रेड देखेर रिवार्ड दिनु सही होइन । यसले बच्चामाथि दबाब बनाउँछ । यसो हुँदा बच्चाले पढाईमा ध्यान केन्द्रीत गर्न सक्दैन । उनीहरुले तनावमा परीक्षा दिन्छन् । यस्तो स्थितिले मानसिक समस्याको रुप लिने गर्दछ । अभिभावकले हरेक पटक इनामलाई राम्रो नतिजासँग जोडेर हेर्नुहुँदैन । बच्चालाई उनीहरुको पारिवारिक र सामाजिक सकारात्मक व्यवहारका कारण पनि इनाम दिनुपर्छ ।

त्यस्ता इनाम जुन बच्चाले कहिल्यै बिर्सदैनन्

साइकोलोजिस्ट डा. प्रियंका श्रीवास्तवका अनुसार अभिभावका उत्साह बढाउने कुरा, सबैको अगाडि बच्चाको राम्रो कामको तरिफ जस्ता कुराहरु बच्चाले कहिल्यै बिर्सदैनन् । आमा–बुवाको कुरा बच्चाहरुले ठूलो हुञ्जेलसम्म याद राख्छन् र यसैले उनीहरुलाई उत्प्रेरित पनि गर्दछ । यसको ठिक विपरित चकलेट, टफी, मिठाइ, गेम खेल्न वा टिभी हेर्नका लागि घण्टा बढाउनुजस्ता इनाम उमेर बढेसँगै बच्चाहरुको दिमागबाट निस्कने गर्छ ।

इनाम जसमा पैसाको लेनदेन प्रत्यक्ष हुँदैनः

खाना बनाउने बेला बच्चाको रुचीलाई शीर्ष स्थान दिनु

विकेन्डमा पिज्जा, बर्गरको पाटी दिएर खुसी बनाउनुहोस्

अबेर रातीसम्म स्टोरी बुक पढ्न अनुमति दिनुहोस्

ट्याबमा गेम खेल्नका लागि अतिरिक्त समय दिनुहोस्

सबैको अगाडि बच्चाको तारिफ पक्कै पनि गर्नुहोस्

हुर्किएका छोरा–छोरीलाई इनाममा पैसा दिँदाः

पैसाको सही प्रयोग अर्थात् ‘भ्यालु फर मनी’ सिकाउनुहोस्

इनाममा सिमित मात्रामा मात्रै पैसा दिइयोस्

कहिले काँही इनाममा दिइएको पैसाको खर्चको खोज खबर गर्नुहोस्

बचतको फाइदा र बचत गर्ने बानी बसाल्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप