नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर
मङ्गलबार, ०१ चैत २०७८, ११ : ०९

नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको छ । मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गरेका छन् । दुई दिने नेपाल भ्रमणको सिलसिलामा साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार साउद सोमबार काठमाडौं आइपुगेका हुन् ।
उनले आज नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे