शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकद्वारा नन्दी माविलाई सहयोग

मङ्गलबार, ०१ चैत २०७८, ११ : ०४
मङ्गलबार, ०१ चैत २०७८

महालक्ष्मी विकास बैंकले काठमाडौंस्थित नन्दी माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री र पानी ट्याङ्कीका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । विद्यालयमा आयोजित कार्यक्रमकाबिच उक्त सहयोग रकम प्रदान गरिएको हो । बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

 बालबालिकालाई शिक्षासँगै शारिरिक तथा बौद्घिक विकासका लागि खेलकुद अपरिहार्य भएकाले सहयोग गरिएको दरबारमार्ग शाखा प्रबन्धक प्रकाश घिमिरेले बताए । साथै, सहयोगबाट विद्यार्थीको स्वस्थ जिवनयापनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । विद्यालयका प्रधानाध्यापक गीता काफ्लेले बैंकले विद्यालयलाई विगतमा पनि बास्केटबल कोर्ट तथा टेबल टेनिस कोर्ट तयार गर्न सहयोग गरेको बताउदै सहयोग प्रती कृतज्ञता जाहेर गरेकी छन् । 

बैंकका कर्पोरेट कम्युनिकेशन विभागका प्रमुख अमितकुमार झाले विद्यार्थी देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा तथा खेलकुद अपरिहार्य रहेको बताउदै यस सहयोगले विद्यार्थीको विकासमा टेवा पुग्ने बताए । बैंकले देशभर १०३ वटा शाखामार्फत वित्तिय सेवा प्रदान गर्दै आईरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप