बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

यो सिजनदेखि आईपीएलको नियम परिवर्तन

मङ्गलबार, ०१ चैत २०७८, ०९ : ०४
मङ्गलबार, ०१ चैत २०७८

आईपीएलको १५ औँ सिजन मार्च २६ बाट सुरु हुँदैछ । यसअघि बीसीसीआईले प्रतियोगिताका केही नियम परिवर्तन गरेको छ । यो परिवर्तनमा टोलीको प्लेइङ इलेभेनदेखि डीआरएससँग सम्बन्धित नियमहरू समावेश छन् । क्रिकबजको रिपोर्टका अनुसार यदि कुनै टोलीमा कोरोनासँग सम्बन्धित केसहरू बाहिर आए भने त्यसको प्लेइङ इलेभेन परिवर्तन गर्न सकिनेछ।

यदि टोलीले प्लेइङ इलेभेन तयार गर्न सकेन भने त्यो खेल पछि सारिनेछ। यदि पछि पनि खेल हुन सकेन भने मुद्दा प्राविधिक समितिमा जानेछ ।​बीसीसीआई अधिकारीले भने – कोरोनाका कारण कुनै टोलीले १२ खेलाडी (जसमा ७ भारतीय) र एकजना वैकल्पिक खेलाडीसहितको खेलमा मैदान उत्रन सकेन भने बीसीसीआईले सिजनको मध्यमा फेरि खेल आयोजना गर्ने प्रयास गर्नेछ । यदि यो पनि सम्भव भएन भने मामिला आईपीएलको प्राविधिक समितिमा पठाइनेछ, जसको निर्णय अन्तिम हुनेछ।

यसबाहेक अब हरेक इनिङमा टिमले एकको सट्टा दुई डीआरएस प्राप्त गर्नेछन् । अर्थात खेलमा टिमले ४ डीआरएस लिन सक्नेछ । साथै, बोर्डले हालै यस टुर्नामेन्टमा म्यारीलेबोन क्रिकेट क्लब (एमसीसी) द्वारा परिवर्तित क्याचको नियम कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । एमसीसीको नयाँ नियमअनुसार यदि कुनै ब्याट्सम्यान समातिएमा स्ट्राइक परिवर्तन भएको मानिने छैन र नयाँ ब्याट्सम्यान स्ट्राइकमा आउनेछन् । यदि क्याच ओभरको अन्तिम बलमा छ भने स्ट्राइक परिवर्तन हुनेछ ।

प्लेअफ र फाइनलमा टाई ब्रेकरको नियम पनि परिवर्तन गरिएको छ। यदि प्लेअफ वा फाइनल म्याचमा खेल बराबरी भएपछि सुपर ओभर हुन सकेन  वा सुपर ओभर पछि आवश्यक परेमा अर्को सुपर ओभर सम्भव छैन भने लिग चरणमा दुवै टिमको नतिजाको आधारमा खेलको विजेता को निर्णय गरिनेछ । यसको अर्थ लिग चरणमा आफ्नो प्रतिद्वन्द्वीभन्दा माथि रहेको टिमलाई विजेता मानिनेछ ।

यस प्रतियोगिताको पहिलो खेल मार्च २६ मा वानखेडे स्टेडियममा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच खेलिनेछ । अहिले लिग खेलका स्थान र मिति मात्र सार्वजनिक भएका छन्। फाइनल खेल मे २९ मा हुने भएको छ ।

लिग चरणका सबै ७० खेलहरू महाराष्ट्रमा खेल्नेछन्। मुम्बईमा ५५ र पुणेमा १५ म्याच खेलिनेछ । मुम्बईको वानखेडे स्टेडियम र डा. डीवाई पाटिल स्टेडियममा २० खेल खेलाइनेछ भने ब्राबोर्न स्टेडियममा १५ म्याच खेलिनेछ। बाँकी १५ वटा म्याच पुणेको एमसीए इन्टरनेशनल स्टेडियममा आयोजना गरिनेछ।

दुई नयाँ आईपीएल टोली लखनउ सुपरजायन्ट र गुजरात टाइटन्सले मार्च २८ देखि आफ्नो अभियान सुरु गर्नेछन् । खेल वानखेडे स्टेडियममा खेलाइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप