ओलीले बोलाए सचिवालयको बैठक
मङ्गलबार, ०१ चैत २०७८, ०८ : २२
१

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक बस्दै छ । मंगलबार अपराह्न ३ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्ने भएको हो । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाललका अनुसार बैठकमा समसामयिक परिस्थिति र स्थानीय निर्वाचनको तयारीका विषयमा छलफल हुने छ ।
यस्तै पार्टीका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका आसन्न बैठकहरूको तयारीलगायतका विषयमा छलफल हुने रिजालले बताए । चैतको दोस्रो सातासम्म तीन वटै बैठक बसेर स्थानीय तहको तयारी अगाडि बढाउने एमालेको तयारीमा छ ।
उक्त बैठकले उम्मेदवार छनोट, घोषणापत्र तयार लगायतका मापदण्ड बनाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
धमाधम खिचिँदै नेपाली फिल्म, स्टारकै जगजगी
-
विपक्षी दल फकाउँदै मुख्यमन्त्री कार्की, आङ्बोसँग भेटवार्ता
-
राप्रपाले फ्रड काम गर्यो, कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो : दुर्गा प्रसाईं
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण