युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारको मृत्यु : रुस
मङ्गलबार, ०१ चैत २०७८, ०७ : ४२

युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारणको मृत्यु भएको रुसी सेनाले दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सेको मध्यभागमा युक्रेनी सेनाले सोभियत निर्मित टोच्का यु मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको दाबी गरे । दोनेत्सक रुसी समर्थक बिखन्डनकारीको पकड रहेको क्षेत्र हो ।
युक्रेनी हमलामा बालबालिकासहित अन्य २८ सर्वसाधारण गम्भीर घाइते भएको जनरल कोनासेन्कोभले बताएका छन् । युक्रेनी फौजको नियन्त्रणमा रहेको उत्तरपश्चिम क्षेत्रबाट दोनेत्सकमा मिसाइल प्रहार भएको उनले दाबी गरेका छन् । सैन्य सुविधा नभएको दोनेत्सकको क्षेत्रमा भएको गोलाबारी र बम हमला युद्ध अपराध भएको उनले बताए । यसबारे युक्रेनले प्रतिकृया दिएको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा संरचना निर्माणको काम छिटै अगाडि बढ्छ : मुख्यमन्त्री शाह
-
राजावादी र समाजवादी मोर्चाको जनप्रदर्शन, सुरक्षा सतर्कता बढाइयो
-
जग्गा हस्तान्तरण नहुँदा राजधानीका संरचना निर्माणमा ढिलाइ ः पूर्वमुख्यमन्त्री भट्ट
-
तस्बिरमा सिस्ने हिमाल
-
अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
किन गणतन्त्रलाई फेरि जिस्क्याइँदै छ ?