युद्धग्रस्त यमनमा खाद्यान्न अभाव थप चर्किँदै

युद्धग्रस्त यमनमा खाद्यान्न अभावमा परेका नागरिकको सङ्ख्या यस वर्ष पाँच गुणा बढेको संयुक्त राष्ट्र संघीय निकायहरूले सोमबार चेतावनी दिएका छन् । राष्ट्रसंघीय निकायहरू खाद्य तथा कृषि संगठन (एफएओ), संयुक्त राष्टसंघीय बाल कोष (युनिसेफ) र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले संयुक्त विज्ञप्ति जारी गरी यमनमा यस बर्ष चरम खाद्यान्न अभावमा रहेका व्यक्तिहरूको सङ्ख्या एक लाख ६१ हजारभन्दा बढी हुने प्रक्षेपण गरिएको छ ।
खाद्यान्न सङ्कटको तीव्र वृद्धिलाई ‘अत्यन्तै चिन्ताजनक’ भन्दै यमनका लागि सहायता जुटाउन संयुक्त राष्ट्रसंघले आयोजना गर्न लागेको उच्च स्तरीय सम्मेलनभन्दा दुई दिनअघि यो चेतावनी आएको हो । रूसको युक्रेनमा आक्रमणले विश्वव्यापी खाद्य आपूर्तिलाई खतरामा पार्छ भन्ने डर बढ्दै गएको समय द्वन्द्वग्रस्त यमनमा पहिल्यैदेखि रहेको खाद्य सङ्कट थप जटिल बन्ने प्रक्षेपण गरिएको हो ।
डब्ल्युएफपी प्रमुख डेभिड बिस्लीले भने, “यी भयानक तथ्याङ्कले हामी यमनमा विपत्तिको गन्तीमा छौं भन्ने पुष्टि गर्छ र यसबाट बच्न हामी करिब अन्तिम समयको पर्खाइमा छौं ।” दाताहरूले यमनलाई खाद्य सङ्कटको माहामारीबाट जोगाउने पहल ढिलो भएमा यहाँ ‘कहालीलाग्दो भोकमरी र अनिकाल’ को अवस्था आउने चेतावनी उनले दिए । उनले भने, “सङ्कट टार्न हामीले अहिल्यै कदम चाल्नुपर्छ ।”
यमन लगभग पूरै खाद्य आयातमा निर्भर छ र लगभग एक तिहाइ गहुँ आपूर्ति युक्रेनबाट आउन गरेको संयुक्त राष्ट्रसंघले बताएको छ । रूसको आक्रमणपछि यूक्रेनमा जारी युद्धले ‘यमनको आयातमा गम्भीर झट्का निम्त्याउने सम्भावना छ र यसले खाद्यान्नको मूल्य अझ बढ्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा