चौथो पटक आर्मीले उचाल्यो झापा गोल्डकपको उपाधि
नेपाल आइस पाँचौँ झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले उचालेको छ । झापाको डोमालाल रङ्गशालामा आज भएको फाइनल खेलमा झापा–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।
उपाधिका लागि आर्मीका टेकबहादुर १८औँ मिनेटमा टेकबहादुर बुढाथोकी र २०औँ मिनेटमा जर्ज प्रिन्स कार्की एक÷एक गोल गरेका थिए । झापा–११ का लागि विमल घर्ती मगरले २४औँ मिनेटमा एक गोल फर्काएका थिए । पहिलो हाफमा २–१ को अग्रता कायम गरेको आर्मीले सोही अग्रतालाई कायम राखेको थियो । दोस्रो हाफमा झापाले गोलका लागि निकै प्रयास गरे पनि सफलता हात पार्न सकेन ।
योसँगै आर्मीले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको छ । झापा–११ ले भने पाँच पटक नै उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा विजयी आर्मीले नगद १२ लाख ५५ हजार र उपविजेता झापा–११ ले छ लाख पाँच हजार हात पारेको छ । समापन समारोहमा झापा–११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षामा उत्तीर्ण भइन् कविता
-
महासचिव शंकर पोखरेलका कारण कांग्रेस सशङ्कित !
-
विपिन जोशी रिहाइका लागि भइरहेका पहलबारे संसद्लाई जानकारी गराउन अध्यक्ष केसीको माग
-
जापानी मन्त्रालयका कर्मचारीले संवेदनशील फाइल नै हराएपछि...
-
२० वर्ष पछिसम्म हुनेगरी सूचना प्रणाली बनाउन सुझाव
-
डल्लुबाट सुन चोरेको आरोपमा ३ जना पक्राउ