सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

चौथो पटक आर्मीले उचाल्यो झापा गोल्डकपको उपाधि

सोमबार, ३० फागुन २०७८, २१ : ०२
सोमबार, ३० फागुन २०७८

नेपाल आइस पाँचौँ झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले उचालेको छ । झापाको डोमालाल रङ्गशालामा आज भएको फाइनल खेलमा झापा–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

उपाधिका लागि आर्मीका टेकबहादुर १८औँ मिनेटमा टेकबहादुर बुढाथोकी र २०औँ मिनेटमा जर्ज प्रिन्स कार्की एक÷एक गोल गरेका थिए । झापा–११ का लागि विमल घर्ती मगरले २४औँ मिनेटमा एक गोल फर्काएका थिए । पहिलो हाफमा २–१ को अग्रता कायम गरेको आर्मीले सोही अग्रतालाई कायम राखेको थियो । दोस्रो हाफमा झापाले गोलका लागि निकै प्रयास गरे पनि सफलता हात पार्न सकेन ।

योसँगै आर्मीले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको छ । झापा–११ ले भने पाँच पटक नै उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा विजयी आर्मीले नगद १२ लाख ५५ हजार र उपविजेता झापा–११ ले छ लाख पाँच हजार हात पारेको छ । समापन समारोहमा झापा–११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप