सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

इन्जिनियर्स एसोसिएसनको मतगणनामा ढिलाई, धाँधली हुन सक्ने आशंका

सोमबार, ३० फागुन २०७८, २० : ४३
सोमबार, ३० फागुन २०७८

नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औँ कार्यकारिणी तथा दोस्रो प्रादेशिक कार्यसमितिको नेतृत्वका लागि शुक्रबार सम्पन्न निर्वाचनको मतगणना अझै सकिएको छैन ।

मधेस प्रदेशको दुई स्थानमा भएको निर्वाचनको मतपरिणाम आए पनि जनकपुरधाममा मतगणना सुस्त गतिमा भइरहेको छ । मतगणनामा देखिएको सुस्तताप्रति उम्मेदवारहरूले आपत्ति जनाउन थालेका छन् । गैरराजनीतिक समूहबाट मधेस प्रदेशको अध्यक्ष पदका उम्मेदवार गौरी पण्डितले निर्वाचन समितिले मनोमानी ढंगले सुस्त गतिमा मतगणना गरिरहेको आरोप लगाए ।

शुक्रबार राति ११ बजेदेखि सुरु भएको मतगणना अन्तर्गत ६ सय मत गनिसक्दा आफ्नो समूह अधिकांश पदमा अग्रस्थानमा रहेको भन्दै उनले त्यसपछि भने मतगणनामा व्यापक ढिलासुस्ती भइरहेको बताए ।

उनले भने, ‘मतपेटिका खोलिसकेपछि मतगणनालाई तीव्रता दिनुपर्ने हो, तर मतगणना सुस्त देखिएको छ भने उम्मेदवारका प्रतिनिधिलाई जुनसुकै बेला बाहिर निकालिदिने गरेकाले मतगणनामा धाँधली हुन सक्छ ।’

निर्वाचन समितिका पदाधिकारीले भने मतगणनामा भइरहेको ढिलाइ र उम्मेदवारले व्यक्त गरेको आशंकाका बारेमा केही प्रतिक्रिया दिन चाहेनन् । निर्वाचनमा पाँचवटा समूह प्रतिस्पर्धामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप