आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, २४ घाइते

सोमबार, ३० फागुन २०७८, २० : ३९
सोमबार, ३० फागुन २०७८

मदन भण्डारी लोकमार्गमा विवाहको जन्ती सवार टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना जन्ती घाइते भएका छन् ।

दुर्घटनामा उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय दीपेन्द्र कुमाल र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको हो । जन्ती बोकेको टिपर सिन्धुलीको दुधौली नगरपालिका– ५ सिथौली र खनिया खण्डको तेश्रो पुलमा पल्टिदा उनीहरुको मृत्यु भएको हो । अन्य २४ जना जन्ती घाइते भएका छन् । मृत्यु हुने तथा घाइते सबै उदयपुरको कटारी नगरपालिकाको रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

जन्ती बोकेको ना.३ ख ७४९० नम्बरको टिपर दुर्घटना भएको हो । घाइते भएका मध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुधौलीका ट्राफिक प्रहरी कार्यालयका अनुसार टिपरमा सवार अधिकांश कटारी नगरपालिका वडा नम्बर २ का स्थानीयवासी रहेको बताए । उनीहरुलाई उपचारका लागि कटारी अस्पतालमा उपचार भई रहेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले छिमेकी जिल्ला सिन्धुलीको बाणेगाउँबाट बेहुला बेहुली लिएर कटारीतर्फ आउँदै गरेको टिपर दुर्घटनामा परेको बताए । घटनामा टिपरभित्र सवार अन्य २४ जना जन्ती घाइते भएका छन । उनीहरु मध्ये ४ जनाको अवस्था गम्भीर छ ।

चारै जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । अन्यको बिराटनगर, कटारी र जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । जन्तीलाई टिपरमा पठाएर बेहुला बेहुली भने अर्कै गाडीमा आएका थिए । टिपर चालक हाल प्रहरीको नियन्त्रणमा छन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप