आफन्त बाहेकले पनि मिर्गौला दान गर्न मिल्ने गरी कानुन संशोधन गर्न सुझाव
मिर्गौला प्रत्यारोपण सम्भव भए पनि दाता नहुँदा समस्या परेका बेला आफन्तबाहेकले पनि अंगदान गर्न पाउने कानुनी व्यवस्था आवश्यक रहेको भन्दै बहस सुरु भएको छ ।
नेपालको कानुनमा आफन्तबाहेकले मिर्गौला दान गर्न नपाउने प्रावधान छ । उक्त प्रावधान संशोधन भएमा बढ्दो मृगौला रोगीको उपचार सहज हुने सरोकारवाला बताउँछन् ।
मिर्गौला रोगीको उपचार स्वदेशमै सम्भव भए पनि दाता नहुँदा धेरैले प्रत्यारोपणको अभावमा ज्यान गुमाउने गरेका छन् । आफन्त बाहेकले मिर्गौला दान गर्न नपाउने कानुन संशोधन गरेमा भने दाताको संख्या उल्लेख्य हुने र मिर्गौला रोगीका लागि बरदान साबित हुने सरोकारवालाको भनाइ छ ।
विश्व मिर्गौला दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत किष्ट मेडिकल कलेजले सोमबार गरेको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले यस्तो कानुन संशोधन गरी बाधा फुकाउन सरकार तयार रहेको बताए । आफन्त बाहेकले मिर्गौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा मिर्गौला रोगीको उपचार अझै सहज हुन उनको भनाइ छ ।
मिर्गौला रोगीका निम्ति जीवनदानका लागि अंगदानमा प्रोत्साहित गर्नुपर्ने किष्ट मेडिकल कलेजका प्राचार्य प्रा. डा. बालमानसिंह कार्की बताउँछन् ।
डा.दिव्या सिंह शाहले मिर्गौला दाता नहुँदा प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता कायमै रहेको बताइन् ।
मस्तिष्क मृत्युपश्चात अंगदानलाई सरल र सहज बनाउनेतर्फ स्वास्थ्य मन्त्रालयले काम गरिरहेको सचिव डा.रोशन पोखरेलको भनाइ छ ।
कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले उपचारपद्धतिमा विज्ञान प्रविधिले थपेको आयाम प्रयोगले स्वास्थ्य क्षेत्रमा ठूलो विकास भएको बताए ।
उच्च रक्तचाप, मधुमेहजस्ता रोगका साथै तनावग्रस्त जीवनशैली र अस्वस्थकर खानपिनले मिर्गौला बचाउनु चुनौतीपूर्ण बनेको भन्दै चिकित्सकहरुले यसतर्फ सतर्क रहन सुझाव दिएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हालसम्म ३० लाख मानिसमा मिर्गौलाको समस्या रहेको र बर्सेनि ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ । हालसम्म २५ सय जनामा मिर्गौला प्रत्यारोपण भइसकेको र ७ हजार जना डायलासिस गराएर प्रत्यारोपणको पर्खाइमा रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या