सहिद स्मारक बी डिभिजन : टुसाल युथ क्लब विजयी

राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लबले दोस्रो जित निकाल्दा अर्को खेलमा झम्सीखेल युथ क्लब र नयाँबस्ती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा टुसाल युथ क्लबले खुमलटार युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दा झम्सीखेल युथ क्लब र नयाँबस्ती युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
टुसालले खुमलटारलाई ३–० गोल अन्तरले पराजित गर्दा ३६ औं मिनेटमा खुमलटारका रमेश थापाले आत्मघाती गोल गरेपछि टुसालले अग्रताको मौका पाएको थियो । ८३ औं मिनेटमा दिप कुमार लामाले गोल गर्दै टुसालको अग्रता दोब्बर बनाउँदा जिलेस्पी जंग कार्कीले ८९ औं मिनेटमा गोल गर्दै टुसालको जित सुनिश्चित गरे । यस जितसँगै टुसालले ५ खेलबाट दोस्रो जित निकाल्न सफल भएको छ । सोमबारको नतिजासँगै टुसालले ६ अंक जोडेको छ । यता ५ खेल खेलेको खुमलटारको यो तेस्रो पराजय हो । खुमलटारले दुई खेल जित्दै ६ अंक जोडेको छ ।
बी डिभिजन लिग फुटबलअन्तर्गत सोमबारै सम्पन्न दिनको अघिल्लो खेलमा झम्सीखेल र नयाँ बस्तीले १–१ को बराबरी खेलेर अंक बाँडेका हुन् । झम्सीखेलका लागि संजय रम्तेल तथा नयाँ बस्तीका लागि सुमन योङग्याले गोल गरे । खेलको १४ औं मिनेटमा सुमनले गोल गर्दै नयाँ बस्तीलाई सुरुआती अग्रता दिलाएका थिए । तर १८ औं मिनेटमा झम्सीखेलका संजय रम्तेलले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । बराबरीसँगै नयाँ बस्तीले ५ खेलबाट ७ अंक जोड्दै तालिकाको चौथो स्थानमा यथावत रहेको छ । यता झम्सीखेलले ५ खेलबाट ६ अंक जोडेको छ । बी डिभिजन लिग अन्र्तगत दिनको तेस्रो खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा ब्वाइज युनियनले समाजिक युथ क्लबलाई ३–१ को नतिजा सुम्पियो ।
लिगमा मंगलबार पनि तीन खेल हुनेछन् । दिनको पहिलो खेल सरस्वती युथ क्लब र मध्यपुर युथ एसोसियन, दोस्रो खेल श्री भगवती क्लब र रानीपोखरी कर्नर टिम (आरसिट) तथा अन्तिम खेल बाँसबारी क्लब र श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?