जसपामा सबै विवाद मिल्यो : एकल नेतृत्व र सामूहिक निर्णयमा सबै सहमत

जनता समाजवादी पार्टी नेपालले असोज मसान्तभित्र एकता महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको समापन बैठकलाई सम्बोधन गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको समायोजन र विधान अधिवेशनपछि महाधिवेशन गराउनेतिर लाग्ने जानकारी गराएका हुन् ।
उनले प्रतिनिधि र प्रदेशसभाको चुनावअघि नै पार्टीको एकता महाधिवेशन सम्पन्न गरिने जानकारी गराए । त्यसैगरि, पार्टीको निर्णयलाई प्रभावकारी बनाउनका लागि तीन सदस्य मुख्यालय गठन गरिएको छ । मुख्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहने अध्यक्ष यादवले जानकारी गराए । पार्टीको कुनै पनि निर्णय तीन जनाको सहमतिमा मात्र हुने पार्टीले निर्णय गरेको छ । पार्टीका एकल नेतृत्व भएपनि सामूहिक निर्णय हुने सहमतिअनुसार नै यो मुख्यालय बनाएको कार्यकारिणी सदस्य मनिष सुमनले बताए ।
पार्टीको कुनै आकस्मिक वा आवश्यक निर्णय गर्नुपरे यो मुख्यालयले मात्र गर्नेछ । कुनै पनि निर्णयमा तीन जनाको हस्ताक्षर अनिवार्य हुनेछ । यो सहमति भएसँगै पार्टी विभाजनबाट जोगिएको हो । पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले पार्टीमा सामूहिक नेतृत्वको कुरा उठाएका थिए । पार्टीको अन्तरिम विधान अनुसार दुई जना अध्यक्षको व्यवस्था छ । खाली रहेको एकजना अध्यक्ष पदपूर्ति गर्नुपर्ने माग अध्यक्ष भट्टराईको थियो । अर्को थप अध्यक्ष चयन गर्नेमा सहमति हुन नसके पनि अध्यक्ष यादवको अधिकार कटौती भएको छ । अब अध्यक्ष उपेन्द्र यादवले कुनै पनि निर्णय एक्लै गर्न सक्नेछैनन् । नेतृत्व उनको भए पनि निर्णय सामूहिक हुनेछ । एकल नेतृत्व र सामूहिक निर्णयमा अध्यक्ष भट्टराई पनि सहमत भएका छन् ।
जसपा अध्यक्ष यादवले पार्टीमा अब कुनै प्रकारको विवाद तथा मनमुटाव नरहेको स्पष्ट पारेका छन् । योबीचमा पार्टीको बारेमा अनेक भ्रम फैलाउने काम भएको तर ती सबै भ्रमलाई केन्द्रीय समितिको बैठकले चिर्न सफल भएको उनको भनाइ थियो । अब एक ढिक्का भएर अगाडि बढ्ने उनले बताए । उनले सम्पूर्ण पार्टी पङ्क्तिलाई चुनावका लागि एक ढिक्का भएर चुनावको तयारीमा लाग्न निर्देशन पनि दिए । बैठकले असार १ र २ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा सवा अर्ब लगानीमा बुटिक होटल
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस