कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना कुनै पनि हालतमा रोकिँदैन : पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना कुनै पनि हालतमा नरोकिने बताएका छन् ।
नेकपा एमाले बुटवलले सोमबार आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोजना पूरा भएरै छाड्ने बताए । आयोजनाको सपना देख्ने नेता मदन भण्डारी भएको प्रसङ्ग उल्लेख गर्दै उनले यो आयोजना बन्नेमा कसैले आशंका गर्न जरुरी नभएको बताएका हुन् ।
उनले कालीगण्डकीको पानी तिनाउ नदीमा खसालिने योजना एमालेको पाँचौँ महाधिवेशनमा मदन भण्डारीले चर्चा गरेको भन्दै त्यसैलाई एमालेले पछ्याउँदै कालीगण्डकीको पानी तिनाउमा ल्याउने बताए । उनले आयोजनाको डीपीआर सकिएको बताउँदै केही संकिर्ण व्यक्तिले मुद्दा हालेकाले केही समय काम रोकिएको बताए ।
उनले कालीगडण्डकीको पानी ल्याउँदा राम्दीदेखि तल्लो तहमा पनि पानीको अभाव नहुने जिकिर गर्दै रिढी र रुद्रबेनीको बीचमा २५०० मेगावाटको जलाशययुक्त विद्युत उत्पादन केन्द्र निर्माण हुने बताए । कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुपर्ने बताए । उनले आगामी चुनावमा एमाले विजयी हुने डरले अन्य दलहरु आत्तिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वान्सी सिटीको सहमालिक बने चर्चित फुटबलर लुका मोड्रिच
-
९ महिनामा करिब ५८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति लगानी ?
-
झुक्किएर डिपोर्ट भएकालाई अमेरिकाले फिर्ता नल्याउने
-
शिक्षकहरूका मागका विषयमा तीन मन्त्री छलफलमा
-
आणविक हतियारको मुद्दामा इरानबारे के भन्छन् ट्रम्प ?
-
युक्रेन युद्धमा मारिएकाहरूबारे के भन्छन् ट्रम्प ?