आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले बनायो तीन सदस्यीय पार्टी हेडक्वार्टर

सोमबार, ३० फागुन २०७८, १८ : ४२
सोमबार, ३० फागुन २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले तीन सदस्यीय पार्टी हेडक्वार्टर गठन गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वार्टर गठन गरेको हो ।

कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा यो हेडक्वार्टरले आवश्यक निर्णय गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप