शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनता समाजवादी पार्टीले विघटन गर्‍यो समानान्तर कमिटी

सोमबार, ३० फागुन २०७८, १८ : १८
सोमबार, ३० फागुन २०७८

जनता समाजवादी पार्टी नेपालले जिल्ला तथा स्थानीय तहमा बनेका विभिन्न समानान्तर कमिटीहरु खारेज गर्ने निर्णय गरेको छ । हिजोदेखि जारी केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको सांगठनिक प्रस्तावमाथि छलफल भइ सो निर्णय भएको हो । 

पार्टी समायोजन गर्ने क्रममा केही जिल्ला तथा स्थानीय तहका पालिकाहरुमा समानान्तर कमिटी गठन भएका थिए । अब कुनै पनि समानान्तर कमिटी नरहने केन्द्रीय समितिले निर्णय गरेको अध्यक्ष यादवले बैठकमा घोषणा गरेका हुन् । केन्द्रीय समिति, संघीय परिषद् र प्रदेश समितिको समायोजन सम्पन्न भइसकेको छ भने बाँकी रहेका जिल्ला, पालिका, भातृ तथा शुभेच्छुक संगठनको समायोजन चैत १० गतेभित्र टुगों लगाउने निर्णय समेत गरेको छ । 

त्यसका साथै स्थानीय तहको चुनावमा केन्द्रीय सदस्यलाई समेत थप जिम्मेवारी दिने निर्णय गरेको छ । ‘कुन केन्द्रीय सदस्यले कुन गाउँपालिका, नगरपालिकामा काम गर्न इच्छा देखाउँछन्, ती सदस्यहरुको नाम संकलन गरी सोही अनुसार जिम्मेवारी तोकिएको छ’ बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । बैठक अझै जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप