इन्जिनियर्स एशोसिएसन लुम्बिनीमा लोकतान्त्रिक प्यानल बहुमतले विजयी
नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसको लोकतान्त्रिक प्यानल विजयी भएको छ । दुईजना प्रदेश सदस्य बाहेक अन्य सबै पदमा लोकतान्त्रिक प्यानल विजयी भएको दर्शन तिवारीले बताए । प्रदेशबाट प्रतिनिधित्व गर्ने एक जना केन्द्रीय सदस्यमा विश्वरंजन मिश्र विजयी भएका छन् ।
एशोसिएशनको प्रदेश सभापतिमा शैलेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ४९९ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत गौतम रौनियारले जानकारी दिए । उनका अनुसार एमाले निकट जीवन अर्यालले ४१६ मत प्राप्त गरेका थिए ।
केन्द्रीय सदस्यमा विश्वरन्जन मिश्र निर्वाचित भएका छन् । उपसभापतिमा लेखबहादुर बस्नेत विजयी भएका छन् । सचिवमा गोविन्द पंगेनी, सहसचिवमा अर्जुन गिरी र कोषाध्यक्षमा सन्दीप रेग्मी विजयी भएका छन् । सदस्यहरूमा दर्शन तिवारी, ईश्वर जिसी, प्रवीन मिश्र, अर्जुन पाण्डे, सोयब अहमद अन्सारी, विनयकुमार गुप्ता, आरती देवकोटा, विद्या भुसाल विजयी भएका निर्वाचन अधिकृत रौनियारले बताए ।
काँग्रेस, एमाले र माओवादी तथा नेकपा एकीकृत समाजवादी निकट इन्जिनियरहरूले तीन प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदै गरेको बस सम्पर्कविहीन
-
सुकिला नोटको वितरण आजदेखि, नयाँ नोट ढुकुटीमै 'सिलप्याक'
-
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त
-
अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान
-
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
-
‘आपत्तिजनक व्यवहार’का लागि मार्टिनेजलाई प्रतिबन्ध