एमालेले बोलायो सचिवालय बैठक

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रीत कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो । त्यसका लागि आवश्यक एजेन्डाहरू तय गर्न भोलि (मंगलबार) अपरान्ह ३ बजे पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाइएको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनले पार्टीको सिंगो पङ्क्तिलाई निर्वाचन केन्द्रीत गराउने काममा लागि पार्टी पोलिटब्युरो बैठक पनि छिट्टै बोलाउने विषयमा पनि केन्द्रीय कार्यालय बैठकमा छलफल गरिएको बताए ।
प्रचार विभाग उपप्रमुख रिजालले भने, ‘भोलि ३ बजे आयोजना हुने पार्टी केन्द्रीय सचिवालयको बैठकका एजेन्डाहरूको बारेमा छलफल भएको छ । हामी अहिले निर्वाचनको तयारीमा छौं । सातै प्रदेशमा निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमहरु सम्पन्न गरेका छौं । र, छिट्टै हाम्रो पार्टीको अरु तहको बैठकहरू पनि आयोजना गरेर सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्वाचनमा केन्द्रीत गर्नेगरी कार्ययोजना बनाउन गइरहेका छौं । त्यहीँ कार्ययोजनाको सन्दर्भसहित आज केन्द्रीय कार्यालय बैठकमा छलफल भएको छ । र, छिट्टै आयोजना हुने पार्टीको पोलिटब्युरो, केन्द्रीय कमिटी बैठकको सन्दर्भमा पनि आज छलफल भएको छ ।’
नेकपा एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरेर प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धिमानमाको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
-
मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री
-
गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ हुँदैन : प्रधानमन्त्री
-
मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा
-
ई स्पोर्टस टोली उज्वेकिस्तान प्रस्थान