शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौंमा खुर्सानीको धुलो छर्किएर ४२ तोला सुन र १२ लाख लुटपाट

सोमबार, ३० फागुन २०७८, १७ : ३५
सोमबार, ३० फागुन २०७८

काठमाडौंको चुच्चेपाटीमा व्यापारीलाई खुर्सानीको धुलो छर्किएर लुटपाट भएको छ । सो कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते राति चाबहिलस्थित ओम शाही टञ्च सेन्टर सुन पसलका व्यापारी लुटिएका हुन् ।  पसल बन्द गरेर ४२ तोला सुन तथा नगद बाह्र लाख लिई घर कोठा फर्किने क्रममा चुच्चेपाटीमा भारतीय नागरिक अमोल भोस्ले लुटपाटमा परेका थिए । अपरिचित व्यक्तिले आँखामा खुर्सानीको धुलो छर्कँदै कुटपिट गरी सुन तथा नगद राखिएको झोलासमेत लुटी फरार भएका थिए । 

त्यसबारे पीडितले महानगरीय प्रहरी वृत्त गौशालामा दिएको उजुरीका आधारमा दाङका  महेश बिश्वकर्मा र राजेन्द्र सिनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । विश्वकर्मा विश्वकर्मा २६ र सिन २८ गते पक्राउ परेका हुन् । 

उक्त घटनाको सम्बन्धमा मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२० अन्तर्गत ‘डाँका गर्न नहुने’ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको सोमबार प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप