शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हराएका २१ सवारी साधन सम्बन्धित धनीलाई बुझाइयो

सोमबार, ३० फागुन २०७८, १७ : ३१
सोमबार, ३० फागुन २०७८

महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा हराएका २१ वटा सवारी साधनहरु सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखाले सोमबार १६ मोटरसाइकल र ५  स्कुटर सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीका अनुसार एक महिनामा खोज तथा अनुसन्धानका क्रममा बरामद भएका २१  मोटरसाइकल फेला पारेको हो । ‘सवारीसाधनमा डिस्क लक, ह्विल लक, सेक्युरिटी साइरन प्रयोग गर्नुपर्छ’ जोशीले भने ‘प्रविधि जडान गरेको छ भने चोरलाई चोरी गर्न समय लाग्छ र पक्राउ पर्ने सम्भावना बढी हुने हुँदा यस्ता मोटरसाइकल र स्कुटर उनीहरुले चाडैं चोरी हाल्न सक्दैनन् ।’

ट्राफिक प्रहरीका अनुसार सवारी चालकको लापरबाही, सवारीमा लकको व्यवस्था नगर्नु, सुनसान एरियामा पार्किङ गर्नु, सवारीसाधनको डिस्क तथा ह्विल लक नगर्नु, सिसिटिभी क्यामेरा नहुनेलगायतका कारण मोटरसाईकल चोरी बढेको हो ।

महाशाखाका अनुसार दुई महिनामा ८८ मोटरसाईकल फेला पारी सम्बन्धित व्यक्तिलाई जिम्मा लगाई सकेको  छ भने २५६ वटा मोटरसाईकल हराएको निवेदन परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप