शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मीरा बन्दै सुष्मा

सोमबार, ३० फागुन २०७८, १७ : ३०
सोमबार, ३० फागुन २०७८

फिल्म ‘मीरा’ निर्माण हुने भएको छ । रोशनकुमारको निर्देशनमा फिल्म बन्न लागेको हो । चैत १० गतेदेखि छायाङ्कन हुने बताइएको फिल्मको कथा एक निन्दनीय घटना बलात्कारको मुद्दा बनाइएको निर्माण युनिटले जनाएको छ ।
फिल्ममा अभिनेत्री सुष्मा अधिकारी तथा मोडल जोर्डन राजभण्डारीको मुख्य भूमिका रहनेछ ।

सुष्मा र जोर्डनको अलवा रमेश क्षेत्री, रजिना अर्याल, सुमन थापा, रविना केसी, सरस्वती श्रेष्ठ, राजेश बिसुराल, शंकरलाल श्रेष्ठ, प्रकाश श्रेष्ठ, दिनेश शाही, प्रशान्त केसी, रोहिणी मिश्र, करुणा बस्नेत लगायतको समेत फिल्ममा अभिनय देख्न सकिनेछ ।  फिल्म द लाइफ एक्सप्रेस मुभि मेकर्सको ब्यानरमा निर्माण हुन लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप