‘कंक्रिटको जंगल’मा वसन्तको बहार (तस्बिरहरु)
सोमबार, ३० फागुन २०७८, १६ : २९

काठमाडौं उपत्यकाका विभिन्न सडक किनार यतिबेला मोहक देखिएका छन् । सडक किनारमा रहेका विभिन्न फूल फूलेर बटुवालाई मुग्ध तुल्याएका छन् । वसन्त ऋतुको आगमनसँगै प्रकृतिको सुन्तरता बढ्ने गर्दछ । यो समय रुखहरुले पालुवा फेर्ने र विभिन्न फूल फूल्ने समय हो । काठमाडौंका विभिन्न सडक किनारमा चेरी, आरुका रुख ढकमक्क फूलेका छन् ।
सडक किनारमा बढेको प्राकृतिक सौन्दर्यलाई कयौं बटुवाले आफ्नो मोबाइल क्यामेरामा कैद गर्ने तथा सेल्फी लिनेसमेत गरेका छन् । ‘कंक्रिटको जंगल’ उपनाम पाएको काठमाडौं उपत्यकामा पछिल्लो समय हरियाली बढाउन प्रयास भए पनि सार्थक भइसकेको छैन ।
सडक किनारमा रुखबिरुवा हुर्काउनु वातावरणीय दृष्टिकोणबाट मात्र नभएर सहरको सौन्दर्यताका लागि समेत प्रभावकारी हुने तथ्यलाई यतिबेला विभिन्न सडक छेउ देखिएको मोहक वातावरणले नै पुष्टि गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले बिमा कार्यक्रम अलपत्र पारेको सांसद कार्कीको आरोप
-
लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
-
स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप
-
विदेशी दातृ निकायले दिने सहयोगको श्वेतपत्र जारी गर्न माग
-
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
शिवरात्रिमा पशुपतिको दर्शन व्यवस्थापन चुस्त बनाउन १० उपसमिति गठन