मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्नपूर्ण केबलकारको सूर्यदर्शन सेवा शुरु

सोमबार, ३० फागुन २०७८, १६ : ३१
सोमबार, ३० फागुन २०७८

पोखराको अन्नपूर्ण केबलकार चैत १ गतेबाट बिहान ५ बजेदेखि सेवा सञ्चालनमा आउने भएको छ । बिहान ५ बजेदेखि सांझ ६ बजेसम्म सञ्चालनमा ल्याउन लागेको केबलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए । यो सञ्चालनसंगै पर्यटकहरुले सूर्योदय र सूर्यास्तको अवलोकन गर्न सक्छन् ।  गत फागुन ६ गतेबाट सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको दुरि सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ ।

त्यस्तै, सेदीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौ देखि १० मिनेट भित्रमा नै पार गर्न सकिने बनाएको छ । कम्पनीले नेपाली नागरिकका लागि ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि ८ सय रुपैयाँ र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तय गरेको छ । 

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । यसैगरी,  विधार्थीका लागि २५ प्रतिशत र सहकारीबाट भ्रमणमा आउनेहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप