सीमा अतिक्रमण रोक्न नेकपाको माग
नेपाल कम्युनिष्ट पार्टी (नेकपा विप्लव)ले दार्चुलाको पारी नेपाल भारत सिमानामा भारतीय सिमा सुरक्षा बलले सिमा मिचेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गर्दै दार्चुलाको वाङ्गाबगड र विरेन्द्र वन इलाकामा भारतीय सिमा सुरक्षा बलले भारतीय सिमाना भन्दा ८ देखी १० मिटर नेपाली भु–भागलाई मिचेर तटवन्द गर्न थालेको घटना प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
भारतीय सरकारले गरेको सिमा अतिक्रमणको नेकपाले भ्रत्र्सना गरेको छ । नेकपाले दुई देशको सिमाना सम्वन्धी अन्तर्राष्ट्रिय कानुन विपरित नेपाली भुमि अतिक्रमण गरेको र तटबन्धबाट महाकाली नदी जोखिममा परेको भन्दै नेकपाले वदनियतपूर्ण कार्यलाई तुरुन्त रोक्न भारतलाई चेतावनी दिएको छ । यस्तै नेकपाले महाकाली नदीमा भारतले गरेको अतिक्रमणलाई रोक्न कुटनीतिक पहल गर्न सरकारसंग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन
-
परराष्ट्रले गर्यो प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा
-
सामाजिक सदभाव र मर्यादामा आँच पुर्याउनेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी
-
सिजनमै धान तथा चामल आयात, महिना दिनमा २ अर्ब रुपैयाँ खर्च
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
जनकपुर बोल्ट्सलाई नेपोभिटको साथ