संसदीय समिति पुग्यो सुपारी, केराउ र मरिच आयात खुलाउने विवादित निर्णय
सुपारी, केराउ र मरिच आयात खुलाउने सरकारको विवादित निर्णय संसदीय समिति पुगेको छ । प्रेमलाल महर्जन नेतृत्वको राष्ट्रिय उपभोक्ता मञ्चले सरकारको निर्णय रोक्न माग गर्दै संसदीय समिति अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिमा निवेदन दिएको हो ।
शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद बैठकले सुपारी, केराउ र मरिचको आयात खुलाउने निर्णय गरेको थियो । जुन निर्णय विवादमा परेको छ । उक्त निर्णयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै उद्योगको कच्चा पदार्थका लागि भन्दै यी तीन वस्तुको आयात खुलाएको थियो ।
मन्त्रालयको उक्त सूचना रोक्न माग गर्दै महर्जन नेतृत्वको मञ्चले समितिमा निवेदन दर्ता गराएको हो । समितिका सभापति विमल श्रीवास्तवले समितिमा केराउ, सुपारी र मरिचको आयात रोक्न उजुरी परेको रातोपाटीलाई जानकारी दिए ।
समितिमा दिइएको निवेदनमा मरिच, केराउ र सुपारीको आयात खुलाउँदा सञ्चित वैदेशिक विनिमय भण्डारणमा चाप पर्ने उल्लेख गरिएको छ । यस्तै, औद्योगिक प्रायोजनको नाम दिइएपछि आर्थिक चलखेलका आधारमा सुपारी, केराउ र मरिचको आयात खुलाइएको समेत बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबिबीएस अध्यापन सुरु
-
आप्रवासी श्रमिकहरूको मानवअधिकार संरक्षण गर्न आयोगको आग्रह
-
मलेसियाका लागि नेपाली राजदूतमा तिम्सिना नियुक्त
-
राष्ट्रपतिद्वारा भारतका लागि नेपाली राजदूत नियुक्त
-
बैंकिङ कसुरका सबैभन्दा धेरै मुद्दा काठमाडौँ उपत्यकामा
-
मुलुकलाई स्थिरता र सुशासनतर्फ फर्काउन नयाँ सरकार : प्रधानमन्त्री