मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अझै भेटिएनन् भेरी नदीमा बेपत्ता भएका बालबालिका

सोमबार, ३० फागुन २०७८, १५ : ३६
सोमबार, ३० फागुन २०७८

भेरी नदीमा शनिबार बेपत्ता भएका सुर्खेतका बालबालिका अझै भेटिएका छैनन्। भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगर घाटस्थित भेरी नदीमा नुहाउने क्रममा शनिबार साँझ पाँच बजेतिर ३ जना बालबालिका बेपत्ता भएका थिए ।  
बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली र  १० वर्षीय दिनेश बुढा रहेका छन्। उनीहरुको खोजी कार्य निरन्तर भएपनि अहिलेसम्म कुनै अत्तोपत्तो लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले रातोपाटीलाई जानकारी दिए । डीएसपी घर्तीले भने,‘बेपत्ताको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेका छन् भने गोताखोरले पनि खोजी कार्य गरिरहेको छ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप