बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासंघबीच सम्झौता

सोमबार, ३० फागुन २०७८, १६ : ०३
सोमबार, ३० फागुन २०७८

ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासंघ नेपालबीच सम्झौता भएको छ । ग्यास विक्रेता तथा उपभोक्ताहरूलाई ग्यास खरिद तथा बिक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका हुन् ।

बैंकले आफ्ना भुक्तानी साझेदारहरु‘स्मार्ट च्वाइस टेक्नोलोजी’ र ‘ फोनपे’ सँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवद्र्धनका लागि ग्यास बिक्रेतासँग समन्वय गरेको हो । सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि बैंकले विभिन्न संघ–संस्थासँग सम्झौता गर्दै आएको छ । 

महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आवद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास विक्रेताहरु लाभान्वित हुने बताए । बैंकले देशभर २८७ शाखा, २५२ एटिएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय मार्फत वित्तिय सेवा प्रदान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप