हंगेरीकी महिला खेलौना विमानसँगको प्रेममा पागल
हंगेरीकी एक महिला एउटा खेलौना विमानसँग प्रेममा पागल बनेकी छिन् । २८ वर्षीया सान्ड्रा आफूले खेलौना विमानसँग पहिलो पटक वास्तविक प्रेम पाएको दाबी गर्छिन् । सो विमान सान्ड्राकै शब्दमा उनीसँग भएको सबैभन्दा असल पार्टनर हो । असल प्रेमीकाको नाताले उनले विमानलाई के पो गर्दिनन् ? चुम्बन गर्छिन् । हरेक दिन शुभ रात्रि र शुभ बाहिनीको कामना गर्छिन् ।
बुढापेस्टकी यी युवतीको विमानसँगको चक्कर जनवरीदेखि चलेको हो । त्यसलाई उनले लुफान्स भनेर बोलाउन रुचाउँछिन् । उनले त्यसलाई ६०० पाउन्डमा अनलाईनमा किनेकी हुन् । ‘योसँग किन माया बस्यो मलाई नै पत्तो छैन् । यसलाई केबल म माया गर्छु,’ उनी भन्छिन्, ‘उ सुन्दर छ । उ मेरो आत्मीय साथी हो । बिहान उठ्ने बित्तिकै म उसलाई हेर्छु । सुत्नुअघि मैले दर्शन गर्ने अन्तिम पनि यही हो ।’ मिररमा प्रकाशित एउटा रिपोर्टअनुसार सान्ड्रा पहिलो पटक तीन वर्षको उमेरमा प्लेन देखेकी थिइन् । किशोरावस्थामा विमानमा काम गर्ने सपना देखेकी थिइन ।
उनले सन् २०२१ मा उड्यन क्षेत्रमा काम गर्ने अवसर पाइन । तर, गत वर्ष काम छोडेपछि खेलौना विमानसँगको सम्बन्धमा जोडिइन । आफू वास्तवमै विमानसँग प्रेममा परेको उनले दाबी गरेकी छिन् । लुफान्स उनीसँग भएको अहिलेसम्मकै सबैभन्दा उपर्युक्त पार्टनर हो । ‘मैले पहिले कुनै पार्टनरसँग यस्तो निकट महसुस गरेको थिइँन । जीवनमा पहिलो पटक म प्रेममा छु । औसत व्यक्तिभन्दा बढी मैले सधै विमानहरू मन पराएकी छु । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन