रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ : नेटो
सोमबार, ३० फागुन २०७८, १५ : ००

उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जैविक हतियार प्रयोगशालाको झुट बहानामा रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने बताएका छन् । ‘पछिल्ला दिनमा हामीले रसायनिक र जैविक हतियार प्रयोगशालाबारे बेतुकका दाबी सुनेका छौं’, जर्मनीको एउटा पत्रिकालाई अन्तवार्तामा उनले भने ।
‘अहिले यी झूटा दाबी गरिएका छन् । हामी सतर्क हुनुपर्छ, किनकी रुस आफैंले यो बनावटी झूटअन्तर्गत रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ’ उनले भने । युक्रेनी जनताले साहसका साथ रुसी हमलाको प्रतिरोध गरे पनि आगामी दिनले अझ ठूलो कठिनाइ ल्याउनसक्ने उनले बताए ।
‘यस द्वन्द्वलाई युक्रेनको सिमाना बाहिर रुस र नेटोबीच पूर्णयुद्धमा परिणत हुनबाट रोक्न हाम्रो दायित्व छ,’ नेटो प्रमुखले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुलिस क्लबको लगातार दोस्रो जित, कोशी प्रदेशको लगातार तेस्रो हार
-
वाणिज्य दूत शर्मा र नेपाल खेलकुद विश्वविद्यालयका डा. प्रसाईँबिच साझेदारीबारे छलफल
-
कर्णालीमा कांग्रेस सांसदको माग : हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाऔँ
-
विरोधको सूचना दर्ता गर्ने पाण्डे प्रतिनिधि सभामा अनुपस्थित
-
विकासमा बेथिति, जस पाउने होड
-
३ सदस्यीय अनुचित लेनदेन जाँचबुझ आयोग गठन