शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट चाउचाउ र चिजबल्स सार्वजनिक

सोमबार, ३० फागुन २०७८, १६ : ०१
सोमबार, ३० फागुन २०७८

यशोदा फुड्सले नयाँ चाउचाउ र चिजबल्स सार्वजनिक गर्ने भएको छ । पिरो चाउचाउका रुपमा नेपाली बजारमा रुचाइएको कारण उद्योगले सुपर प्रिमियम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो । 

नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिलि प्याकमा उपलब्ध छ ।  यसको प्रति गोटाको मुल्य १२० रुपैयाँ र तौल १२० ग्राम रहेको समेत उद्योगले जनाएको छ । साथै फेमिली प्याकमा २० रुपैयाँ पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको स्वादमा करेन्ट चिज चिकेन पिज्जा समेत सार्वजनिक भएको हो । चिजको स्वादमा ५० रुपैयाँको चिजबल्स समेत सार्वजनिक गरेको छ । यी उत्पादनले विदेशबाट हुने चाउचाउ आयातलाई विस्थापित गर्ने कम्पनीले दाबी गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप