सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन सुनुवाई समितिको आह्वान

सोमबार, ३० फागुन २०७८, १३ : ४७
सोमबार, ३० फागुन २०७८

संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।  सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषदबाट आएको विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।

बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुने बताए । उनले यो सूचना सर्वसाधारण लगायत सबै सरोकारवालाहरूलाई जारी गरिने बताए ।

समिति सभापति कर्णले भने, ‘आज सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषदबाट विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सिफारिस भएर आएको छ । त्यसको लागि आज प्रथम बैठक बसेको हो ।

प्रथम बैठकमा हामीले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना हामीले जारी गर्नुपर्छ । जनरल पब्लिक लगायत सबै सरोकारवालाहरुसँग त्यो सूचना जारी गर्ने आज हामीले निर्णय गर्यौं । भोलिदेखि सूचना जान्छ । र १० दिनभित्रमा यो आएपछि हामी बसेर सुनुवाइको काम प्रारम्भ गर्नेछौँ ।’

सभापति कर्णले मंगलबारबाट उक्त सूचना सरोकारवाला निकाय र आम नागरिकहरूमा जाने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप