सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

मूल्यवृद्धि स्वाभाविक : दाना उद्योग संघ

सोमबार, ३० फागुन २०७८, १४ : ०८
सोमबार, ३० फागुन २०७८

कच्चा पदार्थहरुको मूल्य बढेसँगै पशुपंक्षि को आहारमा प्रयोग हुने दानाको मुल्य पनि बढेको छ । दाना बनाउने कच्चा पदार्थ मकै, भटमासको पिना, औषधीहरु, कच्चा तेल तथा फिड सप्लिमेन्टहरुको मुल्य वृद्धिबाट उत्पादन लागत बढेको नेपाल दाना उद्योग संघले जनाएको छ । दाना बनाउन आवश्यक पर्ने फिड सप्लिमेन्टहरुमा २५ देखि ३० प्रतिशत वृद्धि भएको छ ।

विगत २ महिनादेखि १०० रुपैयाँ प्रति के.जी रहेको भटमास पिना ११५ रुपैयाँ पुगेको छ । त्यस्तै, ३८–३९ रुपैयाँ रहेको मकैको मूल्य ४७ रुपैयाँ प्रति के.जी पुगेको छ । जसको कारण दानाको उत्पादन लागत बढेको छ भने कृषकले उत्पादन गर्ने कुखुरा र अण्डाको लागत मुल्य पनि बढेको छ ।

मासु र अण्डा उत्पादन लागतमा दानाको ६० प्रतिशतको योगदान रहेको छ । हाल नेपालमा ११४ वटा दाना उद्योग रहेका छन् । दाना उत्पादन गर्ने उद्योगहरुलाई संरक्षणका लागि कच्चापदार्थमा भन्सार महसुलमा कम गर्न संघले सरकारसँग माग गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप