शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जसपाको केन्द्रीय समिति बैठक सुरु

सोमबार, ३० फागुन २०७८, १३ : २५
सोमबार, ३० फागुन २०७८

जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा बैठक सुरु भएको हो ।

बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।  बैठक सुरु हुनुअघि अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई आ–आफ्नो पक्षका केन्द्रीय सदस्यहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

यसअघि आइतबारको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका र समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप