आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

सगरमाथा आरोहीले आयोजना गरे विश्वकै अग्लो स्थानमा ‘टि पार्टी’

सोमबार, ३० फागुन २०७८, १३ : ०९
सोमबार, ३० फागुन २०७८

सियाटलका एक साहसी यात्रीलाई उनले विश्वकै अग्लो स्थानमा चियापानको आयोजना गरेकाले गिनिज वल्र्ड रेकर्ड प्रदान गरिएको छ । उनी र उनको टिमले समुद्र सतहबाट २१,३१२ फिटको उचाइमा तातो पेय पदार्थ (चिया पार्टी) को आयोजना गरेको थियो । यो पार्टी सगरमाथा आरोहण गर्ने क्षेत्रमा पर्छ ।

स्टामिना राम्रो भएका खेलाडी आन्द्रे हग र उनका अन्य साहसी साथीहरुले यसै महिना गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउन सफल भएका छन् । उनीहरुले २०२१ को मे ५ मा पनि २१,२१२ फिट अग्लो स्थानमा चिया र खानेकुरा खाएका थिए ।

उनले कोभिड–१९ को महामारीमा पनि नेपालमा पर्ने विश्वकै अग्लो हिमाल सगरमाथाको चुचुरोमा पाइला राख्ने तयारी गरेको बताएका थिए । सोही समयमा उनको मनमा गिजिन वर्ल्ड रेकर्डमा नाम राख्ने सोच आयो ।

सफल रुपमा २०२१ को मे २३ मा शिखरमा पुगेका उनले टोलीका सदस्यहरु रोना मर्फी, क्रिस्टिन बेनेट, गेरेट म्याडिसन, सिड प्याटिसन, रोबर्ट स्मिथ, आर्ट मुइर, हेलेन कोकि बेरन्यी, क्रिस्ली, मेलेस्क, बेन भेरेस, केभिन वाल्स, क्रिस्टिन हारिला, मार्क प्याटिसन, रिक इरभिन र जेम्स वाल्करलाई चिया पिलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप